लाहान बम विस्फोटमा घाइते भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयाे | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

लाहान बम विस्फोटमा घाइते भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयाे

काठमाडौँ, १ चैत । सिरहा लाहान मालपोत कार्यालयमा आइतबार दिउँसो भएको बम विस्फोटमा परी घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

विस्फोटमा परी गम्भीर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको हो । गम्भीर घाइते दिनेशकुमार भण्डारीलाई काठमाडौँ ल्याई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। विस्फोटमा मालपोत कार्यालयका कर्मचारी सहित ८ जना घाइते भएका छन्।

मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोट स्थलमा गणतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएका छन्।

Leave a Reply

ताजा समाचार