बम आक्रमणमा परेका गगन थापा उपचारपछि डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बम आक्रमणमा परेका गगन थापा उपचारपछि डिस्चार्ज

हिंसात्मक घटनाबाट आतंकित नहुन मतदातालाई आग्रह –

काठमाडौँ, १८ मंसिर । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी चुनावी घरदैलो गर्ने क्रममा आज बम विस्फोटमा परी सामान्य घाइते भई अस्पताल भर्ना भएका थिए ।

विस्फोटमा परी थापालाई तीनवटा छर्रा लागेको थियो । थापासहित अन्य ९ जना घाइते भएका थिए । अन्यको भने शिक्षण अस्पतालमा उपचार जारी छ ।

सोमबार  चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगन थापा सहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको थियाे ।

विस्फोटमा परी घाइते भएकामध्ये तीनको अवस्था गम्भीर छ । घाइते सबैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । थापाको अवस्था भने सामान्य भएकाले उनी डिस्चार्ज भएका छन्।

शिक्षण अस्पतालबाट डिस्चाजै हुँदै गर्दा उनले आफ्ना मतदाता, सुभचिन्तक तथा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गरेका थिए । उक्त कुराकानीमा उनले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन सबैलाई आग्रह गरेका छन् ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);