गगन थापाको पिठ्यूँमा पनि चोट, अवस्था खतरामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, १८ मंसिर । नेपाली कांग्रेसका नेता तथा काठमाण्डौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।

सोमबार घरदैलो अभियानका क्रममा बम आक्रमण हुँदा नेता थापासहित अन्य १० जना घाईते भएका छन् । घाईतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

थापाका सहयोगी प्रताप पौडेलका अनुसार त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका थापाको बमको छर्राले पिठ्यूँमा चोट लागेको छ। चिकित्सकहरुले उनको एक्सरे गरिरहेका छन्।

घटना बारे कांग्रेस नेता अर्जुननरसिंह केसीले खेद प्रकट गर्दै लोकतान्त्रिक पद्धतिकै उपहास हुने गरी नियोजित रुपमा गरिएको आक्रमण राजनीतिमा विश्वास नराख्नेहरुले गरेको बताए ।

त्यस्तै निर्वाचन आयोग घटनाप्रति दुख व्यक्त गरेको छ । बम थापालाई लक्षित गरी प्रहार गरिए पनि उनी छिटो हिँडेकाले उनको पछाडि बम पड्केको थियो। पछाडिबाट आएको छर्रा उनको पिठ्यूमा लागेको हो। घाइते श्यामकृष्ण श्रेष्ठ र रामकाजी श्रेष्ठको बेहोस अवस्थामा उपचार भइरहेको छ।

सोमबार बुढानिलकण्ठ–२ मा घरदैलो गरिरहेका थापाको प्रचार टोलीमाथि बम प्रहार भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);