चपली बम काण्डः रिमोट कन्ट्रोलबाट बिस्फोट गराइएको आशंका | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

चपली बम काण्डः रिमोट कन्ट्रोलबाट बिस्फोट गराइएको आशंका

काठमाडौँ, १८ मंसिर। काठमाडौँको बुढानिलकण्ठ मा सोमबार चुनावी कार्यक्रममा रहेका कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी बिष्फोट गराइएको बम ‘रिमोट कन्ट्रोल’ बाट हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि अनुसन्धानका क्रममा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

थापाको चुनावीसभाका क्रममा बम विष्फोट हुँदा उनीसहित अन्य १० जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ। घाइतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने नेता थापाको अवस्था सामान्य भएकाले डिस्चार्ज भइ घर फर्किएका छन्।

ताजा समाचार