कपिलबस्तुको वाणगंगा नगरपालिकामा वम बिष्फोट, ६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कपिलबस्तुको वाणगंगा नगरपालिकामा वम बिष्फोट, ६ जना घाइते

४ असार, कपिलबस्तु । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडा चोकमा वम बिष्फोट हँुदा ६ जना घाइते भएका छन् ।

कपिलबस्तुको वाणगंगा नगरपालिकामा वम बिष्फोट

४ असार, कपिलबस्तु । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडा चोकमा वम बिष्फोट हँुदा ६ जना घाइते भएका छन् ।

स्थानीय युवा संघका नेता राजेन्द्र सेनको घर अगाडी बम विष्फोट भएको हो । वाणगंगा नगरपालिकामा उमेद्धारी दर्ता जाने क्रममा नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्रको समुहलाई लक्षित गरी बम विष्फोट गराइएको हो । घाइते हुनेमा अधिकांश कांग्रेस र माओवादीका कार्यकर्ता रहेका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।

 गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार, शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि सामुदायीक अस्पताल जितपुर लगिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक भोजजंग शाहले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);