जिपले मनोमानी भाडा असुल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जिपले मनोमानी भाडा असुल्दै

ललित सिहं ,१५ जेष्ठ बझाङ्ग ।
जिल्ला भित्र संञ्चालन गरिदै आएका जिवका मालकि तथा चालक र खलासिले यात्रु बाट मनोमानि भाडा असुल गर्ने थाले पछि यात्रुहरु ठगीन थालेका छन । यात्रुले ठगीएको जानकारी गराउदा समेत सरोकार बालाले चाँसो

जिपले मनोमानी भाडा असुल्दै

ललित सिहं ,१५ जेष्ठ बझाङ् ।

जिल्ला भित्र संञ्चालन गरिदै आएका जिवका मालकि तथा चालक र खलासिले यात्रु बाट मनोमानि भाडा असुल गर्ने थाले पछि यात्रुहरु ठगीन थालेका छन । यात्रुले ठगीएको जानकारी गराउदा समेत सरोकार बालाले चाँसो देखाएको छैन । बझाङ्ग र्सावजनिक यातायतले संचालन गरेका जिवले जय पृथ्बी राजर्माग र आसपासका ग्रामीण सडकमा यात्रु बाट मनोमानि ढंगले भाडा असुली गरे पछि यात्रुहरु ठगीमा परेका हुन । यात्रुले आफु ठगीएको समितिले र स्थानिय प्रशासनलाई जानकारी गराउदा समेत चाँसो नदेखाएको यात्रुले गुसो गर्ने गरेका छन । हिडेर जाउँ भने अबेर भएको थियो चैनपुर बाट घर जान भनेर जिवमा धमेनागाबिसको रुवातोला सम्म चढेर गए आफुलाई ३ सय भाडा मागेको तलकोट गाउँपालीका ५ का पुरन बोहराले बताए । उनले भने पाकेटमा १ सय मात्र थियो पैसा छैन अपाङ्ग हु देख्नु भयो भनेर भने हारगुहार गरे केहि सिप लागेन दया गर्नुको साँट्टो पिटाई पाए । मलाई पिटेको देखे सगै गएका गाउँले २ सय रुपैया ऋण बाफत तिरी दिए ।

 

स्थानियलाई प्रशासनलाई फोन गरे कसैले सुनि दिएन यात्रु ठगीए कै छन चैनपुर बाट रुवातोला करिब १७ किलोमटिर छ । एक त मनोमानि भाडा असुल गरेका छन भने अर्को एकै पटक क्षेमता भन्दा दोब्बर यात्रु बोकेर लैजाने भएकाले कतिखेर जिव दुघटा हुन्छ र अकालमै मरिन्छ भन्ने चिन्ता लागने हुन्छ बुगल नगरपालीका गाबिस ७ का महेश धामीले बताए । उनले भने केहि बोले बिच बाटै पैसा लिएर अलपत्र जिवबाट निकाली दिने गर्छ हाम्रो बारेमा बोल्ने कोहि छैन । कसलाई भन्ने हो थाहा पनि छैन । बागथला बाट झापा सम्मको भाडा २ सय ५० भए पनि लिने गर्छ जिवले ३ सय ५० लिने गरेको छ ।

 

जय पृथ्बी राजमार्गको सिमखेत तमैल , भाँडे ,रायल हुदै स्याडि र बागथला बाट खिरातडि भाँडे बाट कडेल र चैनपुर रुवातोला , सिमखेत सुर्मा सडक, छान्ना क्षेत्र खण्डमा जिव संचालन भई रहेका छन । केहि भने जिवका चालक र मालकिले धमकि दिने गरेको यात्रुहरु दुखेसो पोख्ने गर्छन । आठ महिना अघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बदलीए सर्बपक्षिय र बझाङ्ग सार्बजनिक यातायातका पदाअधिकारी बिच जिवको भाडा सम्बन्धमा भएको निर्णयले पक्कि सडकमा प्रति एक किलोमिटरमा ४ रुपैयाँ ५० पैसा र कच्चिमा प्रति किलोमिटर ८ रुपैया निधारण गरेको भए पनि अहिले सम्म लागु गरिएको छैन । दैनिक जिल्ला भित्र र बाहिरी जिल्ला बाट भित्रिने माल बाहक ट्रक यात्रुबाहक बसको बारेमा भाडाको बारेमा जानकारी लिने गरे पनि जिबले लुकिछिपि भाडालिने गरेको छ मालीकले भनेको नमाने भएकाले अब समितिलाई कार्बाहि गरिने ट्राफिक अस्थायी ट्राफिक चेक पोष्ट सिमखेतले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);