लामो समयदेखि रोकिएको आन्तरिक हवाइ उडान भोलीदेखि शुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लामो समयदेखि रोकिएको आन्तरिक हवाइ उडान भोलीदेखि शुरु हुँदै

यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, हवाइ भाडा नबढ्ने


काठमाडौं, ४ असोज । कोरोना महामारी पछि रोकिएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुचारु हुने भएको छ । नेपालमा कोरोना संक्रमण जोखिम बढेको भन्दै सरकारले गत चैत ११ गते आन्तरिक हवाइ उडान र लामो दुरीका सवारी साधन संचालनमा रोक लगाएको थियो ।

लामो दुरीका सवारी साधन भने असोज १ गतेबाट संचालन भइसकेका छन । तर आन्तरिक हवाइ उडान भने संचालन हुन सकेको थिएन । सोमबारदेखि आन्तरिक उडान हुरु हुनेभएपछि वायू सेवा कम्पनीहरुले उडानको तयारी गरेका जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर नियमित उडान गर्न सक्ने जनाएको छ । मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने छन् ।

यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए । त्यसपछि मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो । उडान सबै विमानस्थलमा हुनेछन । हवाई यात्रा गर्दा तत्काल भाडा भने नबढ्ने भएको छ ।

सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो । तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखेका थिए । सोहीअनुसार साविकको तुलनामा हवाई भाडा बढी नहुने जनाइएको छ ।यात्राका क्रममा सबै यात्रुले मास्क अनिवार्य लगाउनु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);