बर्षाैदेखी यात्रु ठग्दै पृथ्वी बस व्यवसायी समिती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बर्षाैदेखी यात्रु ठग्दै पृथ्वी बस व्यवसायी समिती

prithivi bus samiti

प्रकाश नेपाल
पाल्पा, ३० असोज
। पृथ्वी बस व्यवसायी समितीका पर्यटक बस र पोखराका विभिन्न ट्राभल एजेन्सीको मिलेमोतोमा बर्षाैदेखी यात्रुहरु लाई ठगी गर्दै आएको भेटिएको छ । सम्बन्धित निकायले अनुगमन गर्न नसक्दा यात्रुहरु लामो समयदेखि ठगिदै आएका छन । पाल्पादेखी पोखरासम्मको भाडा दोब्र लिएर यात्रुहरु ठगिदा सकेत त्यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले राजमार्ग सुरक्षा चेकजाँचको क्रममा पृथ्वी बस समिती बाट संचालित पर्यटक बस र ट्राभल एजेन्सीको मिलेमोतोमा यात्रुहरु संग मनपरी भाडा लिएको रहस्य खुलेको हो । विभिन्न ट्राभल्स एजेन्सीले पृथ्वी बस समितीको नाममा पर्यटक बस भनी संचालन गरेर मनपरी भाडा लिदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा बिभिन्न ट्राभल एजेन्सीद्धारा संचालित बसहरुले यात्रु संग बढी भाडा लिएको भेटिएको प्रहरीले जनाएको छ । साथै पृथ्वी बस व्यबसायी बाट संचालन भएका कुनै पनि पर्यटक बसहरुमा भाडा दर लेखिएको छैन । बस भित्र भाडा दर लेखिदा समिती र ट्राभल एजेन्सीहरुको मिलेमोतोमा भएको ठगी काण्ड सार्वजनिक हुने र यात्रुहरु संग बढी भाडा लिन नपाईने भएपछि सवारी धनी तथा चालकहरुले भाडा दर टास नगरेको पाईएको छ ।

यात्रुसंग दोव्वर भाडा लिदा समेत कुनै निकाय बाट कारवाही तथा अनुगमन नहुदा यात्रुहरु मारमा परेका छन् । पछिल्लो बढेको भाडा दर अनुसार बुटवल पाल्पा हुदै पोखरा जाने बसको भाडा ४ सय १० हो भने पर्यटक बसको भाडा ७ सय हो । तर पाल्पाका पृथ्वी बस समितिले सामान्य बसलाई पर्यटक बसको नाम दिएर यात्रुहरुबाट पोखरा सम्मको भाडा रु १ हजार देखि १५ सय सम्म लिएको छ ।

बास्तविक भाडा दरको बारेमा जानकारी नहुदा पनि आफुहरु यसरी दिनदाहाडै ठगिनु परेको यात्रुहरु बताउँछन् । चेकचाज पछि बढी भाडा तिरेका यात्रुहरुको भाडा चालक तथा सह चालकहरुले फिर्ता गरेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);