पर्यटक भन्छन् - 'नेपाल कला र संस्कृतिमा साच्चै धनी छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटक भन्छन् – ‘नेपाल कला र संस्कृतिमा साच्चै धनी छ’

bideshi paryatak

नरेन्द्र खनाल
काठमाडौं, ३० असोज
। नेपालीहरुको महान चाड विजया दशमी एंव दीपावलीको मुखमा नेपाल घुम्न आएका पर्यटकहरुले नेपालीहरु कला र संस्कृतिमा साच्चै धनी भएको बताएका छन् । नेपालीहरु चाडपर्ब मनाउन जुटिरहँदा पर्यटकहरुले यसलाई नेपाली एकताको बलियो पक्ष भएको बताए ।

बिभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकहरुले केहि दिन देखि काठमाडौंको बिभिन्न स्थानबाट धेरै नेपालीहरु आ आफ्नो गाँउ घर फर्केकोे देखिरहेको बताउदै नेपालीहरुको यो चाड छरिएर बसेका आफ्ना आफन्तलाई भेट गराउने पर्व समेत भएको बताएका छन् ।

नेपालीहरु इमान्दारी र बिश्वासिला भएको बताउदै आफुहरुले अन्य देशका नागरिक भन्दा नेपालीहरु धेरै सहयोगी पनि भएको अनुभब बटुलेको अमेरिकी नागरिक स्टेभ स्टेफीनले बताए ।

दशै र तिहार साच्चै रमाईला पर्वहरु भएको भन्दै अष्ट्रेलियन पर्यटकहरुले नेपालीहरुले अष्ट्रेलियामा पनि दशैमा निधारभरि टिका लगाएर खुसियाली बाडेको देख्दा आफूहरु प्रभाबित हुने गरेको बताए ।

नेपालीहरुको महान चाड बिजया दशमीको महत्व केवल टिका र जमरामा मात्र सिमित छैन। दशैले बिभिन्न कामको लागि टाढा भएका आफन्तलाई समेत भेट गराउने भएकोले यो चाडको बिशेष महत्व रहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);