सिरहामा दशैं लक्षित सुरक्षा व्यवस्था कडा, सीमा नाकामा विशेष निगरानी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिरहामा दशैं लक्षित सुरक्षा व्यवस्था कडा, सीमा नाकामा विशेष निगरानी

siraha surakshya bewastha

सिरहा, ३० असोज । दशैंलाई लक्षित गरी सिरहामा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । सिरहा प्रहरीले भारतबाट नेपाल आउने नाकाहरुमा सुरक्षा सर्तकता अपनाउनुका साथै पूर्वपश्चिम राजमार्ग, सहायक राजमार्ग, बजार क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइको प्रहरीले जनाएको छ ।

त्यसैगरी सिमास्तम्भ नजिकै नेपाल पक्षबाट सशस्त्र प्रहरी र भारतीय पक्षबाट एसएसबी सहितको हेल्प डेस्क समेत स्थापना गरेको छ । यता पूर्वपश्चिम राजमार्ग र सहायक राजमार्गमा ठाउँ ठाउँमा प्रहरीले मोटरसाईकल, अटो रिक्सा, बस जस्ता सवारी साधन चेक जाँच गरिरहेका छन् ।

चाडपवलार्ई लक्षित गरी कडा सुरक्षा योजना बनाईएको र दैनिक रुपमा ४ सय ५२ जना प्रहरी खटाईएको समेत श्रेष्ठले बताए । यस्तै अवैध घरेलु मदिरा, तस्करी नियन्त्रणमा पनि विशेष निगरानी गरिरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);