आदित्यनाथको सुरक्षार्थ जनकपुरधाममा सुरक्षा व्यवस्था कडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आदित्यनाथको सुरक्षार्थ जनकपुरधाममा सुरक्षा व्यवस्था कडा

३ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन

बटुकनाथ झा
जनकपुरधाम, २५ मंसिर । सीताराम विवाह पञ्चमीको पूर्वसन्ध्यामा जनकपुरमा श्रद्धालुहरुको ओईरो लागेको छ । यसको अवसरमा प्रहरीले जनकपुरमा सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले कार्यक्रम स्थल आसपास र भिडभाड हुने क्षेत्रमा अहिले विशेष निगरानी समेत बढाएको छ ।

प्रहरीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको जनकपुर भ्रमणको पुर्वसन्ध्यामा सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले विवाह पञ्चमी महोत्सवमा बुधवार जनकपुर आउने भएका मुख्यमन्त्री आदित्यनाथको सुरक्षा व्यवस्था कडा पारेको हो ।

प्रदेश–२, का प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले मुख्यमन्त्री आदित्यनाथको भ्रमणलाई लक्षित गरी थप सुरक्षा व्यवस्था मिलाएको बताए । उनले महोत्सवलाई मध्यनजर गरी ३ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

त्यसैगरी, आदित्यनाथको सुरक्षाका ड्रोन क्यामराबाट निगरानी सँगै अत्याधुनिक -यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गरिएको उनले बताए ।

यता, आदित्यनाथ बुधबार जनकपुर आउनुअघि नै भारतबाट बुलेटप्रुफ गाडी जनकपुरधाम ल्याइएको छ । त्यस्तै, सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु समेत अहिले जनकपुरधाम छन् ।

भारतीय दूतावासका अनुसार मुख्यमन्त्री आदित्यनाथ बुधबार लखनऊबाट विशेष विमान प्रयोग गरी जनकपुर विमानस्थल आउने कार्यक्रम छ । जनकपुर आएपछि मुख्यमन्त्री आदित्यनाथ सोझै जानकी मन्दिरमा पूजाआज गरी प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।

त्यसलगत्तै बाह्रबिघा मैदानमा आयोजना हुने सीताराम स्वयम्वरमा सहभागी हुने कार्यक्रम तय भएको नेपालका लागि भारतीय दुतावासले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);