काँग्रेसको केन्द्रिय कार्य समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काँग्रेसको केन्द्रिय कार्य समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश

congress

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । नेपाली काँग्रेसको आगामी महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन जारी केन्द्रिय कार्य समितिको मंगलबारको बैठकमा पेश गरिएको हो ।

पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले देशभरका नेता, कार्यकर्ताको सुझाव लिएर तयार पारेको राजनीतिक प्रतिवेदन बैठकमा पेश गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

केन्द्रिय कार्य समितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा संविधानको सफल कार्यान्वयनका लागि इमान्दार बन्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ । त्यसैगरी राष्ट्रको समृद्धि र स्वाभिमानका लागि परिपक्व, जिम्मेवार र गम्भिर भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरद्वन्द्वका कारण पनि सरकारले अपेक्षा अनुसार गति लिन नसकेको निष्कर्ष प्रतिवेदनले निकालेको प्रवक्ता शर्माले बताए ।

सामाजिक सुरक्षा कार्यक्रमको स्वागत र सम्मान
काँग्रेसको प्रस्तावित राजनीतिक प्रतिवेदनमा राम्रो काम गरे समर्थन र नराम्रो काम गरे सरकारको विरोध गर्ने नीति लिने पनि उल्लेख गरिएको छ । प्रवक्ता शर्माले राजनीतिक प्रतिवेदनले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेकोमा स्वागत र सम्मान गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि रोजगार दाता र श्रमिकसँग व्यापक सहकार्य गर्न पनि सरकारलाई सुझाएको छ ।

संविधान संशोधन गर्न सरकारलाई दवाव
काग्रेसले संविधान संशोधन गर्न पनि सरकारलाई दवाव दिएको छ । तराई मधेशमा देखिएको असन्तुष्टि सम्बोधन गर्न पनि सरकारले संविधान संशोधन गर्न ढिलाई गर्न नहुने काँग्रेसको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काँग्रेस केन्द्रिय कार्य समितिको सोमबारको बैठकले आर्थिक प्रतिवेदन पारित गरेको थियो । आगामी शनिबारदेखि काठमाडौंमा आयोजना हुने महासमिति बैठकमा पेश गर्न काँग्रेसले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको हो ।

राजनीतिक प्रतिवेदनमाथिको छलफल भोली टुंग्याउने तयारी गरिएको छ । प्रवक्ता शर्माले अव बैठकमा सांगठनिक प्रतिवेदन पेश हुने जानकारी दिए । मंसिर १३ गतेबाट जारी काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफल पनि भईसकेको छ । प्रवक्ता शर्माले महासमिति बैठकको तयारीको व्यवस्थापकीय कामलाई पनि अन्तिम चरणमा पु¥याइएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);