संवैधानिक परिषदको बैठक पुस ५ गते सम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

संवैधानिक परिषदको बैठक पुस ५ गते सम्मका लागि स्थगित

काठमाडौं, २५ मंसिर । मंगलवार साँझ बस्ने भनिएको संवैधानिक परिषद्को बैठक बस्दै नबसी पुस ५ गते सम्मका लागि स्थगित भएको छ । मंगलवार बिहानका लागि बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यस्तताका कारण बैठक स्थगित गरिएको हो ।

मंगलवारको बैठकमा भावी प्रधानन्यायाधीशको सिफारिस गर्ने तयारी रहेको थियो । न्याय परिषद्ले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम संबैधानिक परिषदमा पठाएको थियो ।

ती मध्ये एक जनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु पर्नेछ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ गतेदेखि सकिँदै छ । प्रधानन्यायाधीशको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यसअघि गत हप्ताको सोमबार बोलाइएको बैठक निर्णय बिना टुंगिएको थियो । संवैधानिक परिषद्को सिफारिसपछि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने प्रावधान रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);