आज साँझ संवैधानिक परिषद्को बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज साँझ संवैधानिक परिषद्को बैठक बस्दै

baithak

काठमाडौं, २५ मंसिर । संवैधानिक परिषद्को बैठक आज साँझ बस्ने भएको छ । आज बिहानका बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको हो । आज बस्ने बैठकले भावी प्रधानन्यायाधीशको सिफारिस गर्ने बताइएको छ । न्याय परिषद्ले पठाएको नाम अनुसार परिषद्ले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबरामध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ गतेदेखि सकिँदै छ । प्रधानन्यायाधीशको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने छ ।

यसअघि गत सोमबार बोलाइएको बैठक निर्णय बिना टुंगिएको थियो । संवैधानिक परिषद्को सिफारिसपछि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुनेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);