संवैधानिक परिषद्को बैठक निस्कर्ष बिहिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संवैधानिक परिषद्को बैठक निस्कर्ष बिहिन

काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकिएको छ ।

मंगलवार अपरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षबिहीन बनेको हो ।

नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत प्रश्ताव नभएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनु भयो । उहाँले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी स्थगित भएको जानकारी दिनुभयो ।

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले बताउनु भयो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी छ । उहाँको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ नाम सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);