यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ ।

मंगलवार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो । संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी बैठकले विज्ञापन नियमन गर्न बनेको विधेयक, २०८० पनि स्वीकृत गरेको छ । मन्त्री शर्माले बैठकमा लम्पी स्किन महामारी नियन्त्रण र पीडित किसानलाई क्षतिपूर्ति दिनेबारे पनि गम्भिरतापूर्वक छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय भएको छ । यो अर्थ मन्त्रालयको प्रस्तावमा । अर्को लामो समयदेखि प्रतिक्षारत रहेको संघीय शिक्षा ऐन जुन थियो, त्यसलाई संसदमा पठाउन आज स्वीकृति दिएको छ । त्यसैगरेर यो विज्ञापन नियमन गर्ने विधेयक, २०८० पनि स्वीकृत गरिएको छ । लम्पी स्किनलगायतका विषयमा पनि गम्भिरतापूर्वक छलफल भएको छ । ’

सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);