नौं महिनाको अवधिमा परराष्ट्र सम्बन्ध सफल : मन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नौं महिनाको अवधिमा परराष्ट्र सम्बन्ध सफल : मन्त्री ज्ञवाली

pradip gyawali

काठमाडौं, २५ मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुुलुकको समृद्धि अनुकूल हुनेगरी परराष्ट्र सम्बन्ध विकास गर्न आफू लागि परेको बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले विश्व मानचित्रमा नेपालको छवीलाई झनै उजिल्याउने गरी सरकारले परराष्ट्र सम्बन्धको विकास गरिरहेको बताए ।

मंगलबार परराष्ट्र मन्त्रालयको पछिल्ला कामको विवरण सार्वजनिक गर्दै उनले वर्तमान सरकारले छिमेकी लगायतका अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई सहज बनाएको उल्लेख गरे । परराष्ट्रमन्त्री ज्ञवालीले अबको नेपालको परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई जोड दिने उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले ओझेलमा परेको नेपालको विकास, समृद्धि र न्यायलाई गतिशील बनाउने गरी कूटनीतिक सम्बन्धलाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले नौं महिनाको अवधिमा परराष्ट्र सम्बन्धलाई बलियो बनाउन आफू सफल भएको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);