Our Network

कार्तिक ८ २०७८, सोमबार

सरकारले ठिक ढंगले काम गरिरहेको परराष्ट्रमन्त्री ज्ञवालीको दावी

काठमाडौं, १२ मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले ठिक ढंगले काम गरिरहेको दावी गरेका छन् ।

मन्त्री ज्ञवालीले सरकारको नौं महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको पनि स्पष्ट पारे । उनले यही अवधिमा सरकारले अन्तराष्ट्रिय र छिमेकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन सफल भएको पनि बताए ।

मन्त्री ज्ञवालीले मौलिक हकसँग सम्बन्धित कानुन निर्माण तथा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन पनि सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि उल्लेख गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकार संगठित अपराध नियन्त्रण गर्न पनि सफल भएको दावी समेत गरेका छन् ।