सरकारले प्रेस स्वातन्त्रतालाई नियन्त्रण गरेको छैन : परराष्ट्रमन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

सरकारले प्रेस स्वातन्त्रतालाई नियन्त्रण गरेको छैन : परराष्ट्रमन्त्री ज्ञवाली

pradeep gyawali

काठमाडौं, २७ असोज । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संचार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन् । उनले सरकारले संचार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन चाहेको पनि स्पष्ट पारे ।

शनिबार प्रदेश ५ पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगरेको दावी पनि गरे ।  उनले ठूल्ठूला मिडिया हाउसका कारण पनि नेपाली संचार क्षेत्र मारमा पर्ने गरेको बताए ।

मन्त्री ज्ञवालीले संविधानले पत्रकारहरुको हक, हितका लागि आवश्यक व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान संचार माध्यामहरु पनि सचेत हुनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);