अन्तराष्ट्रिय विपद न्यूनीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अन्तराष्ट्रिय विपद न्यूनीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

ghirmamantri thapa-bipad diwas

काठमाडौं, २७ असोज । अन्तराष्ट्रिय विपद न्यूनीकरण दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । विपद व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपालमा पनि हरेक वर्ष अक्टोबर १३ मा नेपालमा पनि अन्तराष्ट्रिय विपद न्युनीकरण दिवस मनाउने गरिन्छ ।

यसै अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विपद्बाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनिकरण गर्न लगानी बढाउन आह्वान गरे । सरकारी, गैरसरकारी र निजी क्षेत्रले लगानी बढाउन सके विपदबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनिकरण गर्दै लैजान सकिने गृहमन्त्री थापाको भनाई छ ।

नेपालमा हरेक वर्ष बाढि, पहिरोजस्ता विपद्का कारण हजारको संख्यामा मानवीय क्षति हुनेको गरेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

गृहमन्त्री थापाले विपदबाट हुने क्षति न्यूनिकरणका लागि सबैले पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले विपत्तिको कारण र त्यसको निराकरणको उपायको खोजी गर्न पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);