विपद् व्यवस्थापनको कार्य साझेदारी र सहकार्य मार्फत् अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विपद् व्यवस्थापनको कार्य साझेदारी र सहकार्य मार्फत् अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन

sashi shrestha

काठमाडाैं । राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारहरुले आवश्यक समन्वय, साझेदारी र सहकार्य मार्फत् अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीवार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्व तयारी, प्रविधि, शिक्षा, उपकरण, श्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताए ।

विपद् जोखिम न्यूनिकरण गर्न आवश्यक व्यवस्था एवं पहल गर्न तीनै तहका सरकारहरुसँग समन्वय, साझेदारी र सहकार्य गर्न आवश्यक रहेको सभापति श्रेष्ठले बताए । साथै उनले विपद् व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राखेर विपद् एवै जोखिमका सूचनाको पूर्वानुमान गर्न सक्ने यथार्थ तथ्यांक, सूचना,एवं जानकारी पारदर्शी रुपमा सबै नागरिकहरुले जुनसुकै बेला जहाँ र जहिले पनि प्राप्त गर्न सक्ने गरी आवश्यक प्रवन्ध गर्न गृहमन्त्रालयलाई समितिले निर्देनशन दिएको छ ।

समितिले विपद् व्यवस्थापनको कार्यक्रम सञ्चालन गर्दा सरकारी एवं गैह्रसरकारी पक्ष लगायत नागरिकहरुबीचको सहकार्य साझेदारी कायम गर्दै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिकालाई साधन श्रोत, प्रविधिक एवं जनशक्तिको प्रवन्धसहित सशक्त र प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको पनि बताएको छ । त्यस्तै बैठकले नेपाल सरकारबाट घोषणा गरिएका मनाङ र सिन्धुपाल्चोक जिल्लाका विपद् ग्रस्त क्षेत्रहरुलाई विपद् व्यवस्थापनको नमूना क्षेत्रको रुपमा विकास गर्न पनि निर्देशन दिएको छ ।

अहिलेको विपद्बाट क्षतिग्रस्त भएको मनाङ र सिन्धुपाल्चोक र दार्चुला लगायत अन्य जिल्ला तथा क्षेत्रहरुमा अवरुद्ध भएका स्थानीय पूर्वाधारहरु शीघ्र मर्मत तथा सुचारु गरी सम्वद्ध निकायहरुबीच समन्वय गर्दै राहत र उद्धार क्षतिपूर्ति गर्ने र (एकीकृत बस्ती) सुरक्षित स्थानमा बस्ती स्थानान्तरणलाई उच्च प्राथमिकता दिँदै उच्च तदरुकताका साथ विपद् जोखिम न्यूनिकरणको कार्यलाई अघि बढाउने र समितिले यसअघि दिएका निर्देशनहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न निर्देशन दिएको पनि सभापति श्रेष्ठले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);