दाङमा सम्भावित विपद् व्यवस्थापनकालागि तीनै तहका सरकार सक्रिय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङमा सम्भावित विपद् व्यवस्थापनकालागि तीनै तहका सरकार सक्रिय

दाङ, ८ भदाै । दाङमा हुन सक्ने सम्भावित विपद् व्यवस्थापनकालागि ३ तहका सरकार सक्रिय भएर काम गरिरहेका छन् । बाढि, पहिरो, भुक्षय, आगलागी, सर्पदंश जस्ता घटनाबाट जिल्ला जोखिममा रहेको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रदेश ५ सरकारले कोरोना महामारी व्यवस्थापनकालागी दाङमा सबै भन्दा धेरै लगानी गरेको छ । बाढि पहिरो, डुबान, सर्पदंश जस्ता विपद् व्यवस्थापनका लागी प्रदेश सरकारले काम गरिरहेको हो । डुबान, उद्धार र बाढी पहिरोकालागि अलग अलग कार्यविधि बनाएर प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको छ ।

जिल्लामा विपद् व्यवस्थापनकालागी प्रदेश सरकारले कोरोना संक्रमण व्यवस्थापन बाहेक अन्य विपद्कालागि २ महिनाको अवधीमा २१ लाख भन्दा बढि रकम खर्च गरिसकेको छ ।प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत बाढि पहिरो, आगलागी जस्ता पिडितलाई राहत वितरणका लागि १८ लाख २५ हजार वितरण गरिसकेको छ ।

साउन महिना यता मात्रै १३ लाख ५ हजार रुपैयाँ खर्च भैसकेको छ । यसैगरी, विपद् व्यवस्थापन अन्तरगत पूर्व सूचना प्रणाली र त्यसका लागी आवश्यक सामग्री खरिदका लागि चालु आर्थिक वर्षमा दिएको १० लाख रुपैयाँ मध्ये ८ लाख ८० हजार रुपैयाँ खर्च भैसकेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

जिल्लाको विपद् व्यवस्थापनकालागि प्रदेश सरकारले सूचना केन्द्र स्थापना, पूर्व सूचना प्रणाली सञ्चालन, त्यसकालागि आवश्यक कर्मचारी व्यवस्थापन, राहत वितरण र क्षती भएका घर पूननिर्माणकालागी सहयोग गरिरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

सर्पले डसेर दाङमा गत आर्थिक वर्षमा १५ जनाको मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङक छ । सबै भन्दा बढि देउखुरीमा सर्पदशंको बढि जोखिममा छ । चालु आर्थिक वर्षदेखी भने गढवा मै सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।

उपचारका लागि चाहिने औषधी सहितका सबै सामग्री आइसकेकाले छिटै उपचार सेवा सुरु गरिने जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । डिभिजन वन कार्यालय मार्फत प्रदेश सरकारले जिल्लामा रहेका खोलाका बगर तथा भुक्षय हुने सम्भावना भएका क्षेत्रमा बृक्षरोपण गरेर भुक्षय तथा पहिरो नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

विशेष गरि राप्ती नदिका सहायक नदी तथा बबई नदिको बगरमा बृक्षरोपण गरेर खेती योग्य जमिन कटान गर्ने कार्यलाई रोक्न थालीएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ । प्रदेश सरकारले कोरोना संक्रमणका कारण हुन सक्ने विपद् व्यवस्थापनकालागि पनि दाङमा ठूलो लगानी गरेको छ । प्रदेश कोरोना अस्पतालकालागि सुरुवाती चरणमा २ करोड रुपैयाँ लगानी गरेको प्रदेश सरकारले सञ्चालन र आवश्यक उपकरण खरिदकालागि पनि रकम खर्च गर्दै आएको छ ।

जिल्लाका १० स्थानिय तहमा कोरोना संक्रमण व्यवस्थापनका लागी गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख र उपमहानगरपालिकालाई २० लाख रुपैयाँका दरले रकम प्रदान गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);