प्राकृतिक बिपत्तीका कारण तीन महिनभित्र १४७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

प्राकृतिक बिपत्तीका कारण तीन महिनभित्र १४७ को मृत्यु

badi-pahiro

फूलमाया आले
काठमाडौं, ४ असार
। बर्षेनी तराईमा डुबान र पहाडी क्षेत्रमा बाढी पहिरोको कारण मानवीय तथा भौतिक क्षति हुने गरेको छ । यही वर्षको बैशाखदेखि असार २ गतेसम्ममात्र आगलागी, बाढी, पहिरो, चट्याङजस्ता विभिन्न बिपत्तीका कारण १ सय ४७ जनाको मृत्यु भएको छ । तर, प्राकृतिक प्रकोपबाट सम्भावित क्षति न्युनिकरणका लागि सरकारको पूर्वतयारी अपर्याप्त छ । यही कुरालाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता घटना रोकथाम, खोज तथा उद्धार जस्ता विषयमा तदारुकताका साथ परिचालन हुन निर्देशन दिएका छन् ।

बर्षेनी तराईमा डुबान र पहाडी क्षेत्रमा बाढी पहिरोको कारण ठूलो क्षति हुने गरेको छ । पूर्व तयारी गरिएका खण्डमा यस्ता घटनालाई न्यूनिकरण गर्न सकिन्छ । यसैलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारमा विपद व्यवस्थापन समितिको बैठक बोलाई आगामी मनसुनमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना तयार पारी कार्यान्वयनमा ल्याउन तथा प्रदेश सरकारले आगामी दिनमा विपद्जन्य घटना रोकथाम, खोज तथा उद्धार जस्ता विषयमा तदारुकताका साथ परिचालन हुन निर्देशन दिएका छन् ।

विपत्ती परिहाले राहत र उद्धारको लागि पूर्वतयारी गर्दा हुन सक्ने थप मानवीय र भौतिक क्षति कम गर्न सकिन्छ । त्यसैले विपत्ति आएपछि अब के गर्ने भन्ने अलमलमा पर्ने प्रवृतिको अन्त्य गर्दै पूर्वतयारी गर्नेतर्फ सरकारले ध्यान दिएको भन्दै विगत वर्षजस्तै यस वर्ष बढी हुन नदिन आवश्यक जनशक्ति तथा सामग्री सहित तयारी अवस्थामा सरकार रहेको विपत व्यवास्थापन महाशाखाले जनाएको छ ।

महाखाका अनुसार सामान्यतया नेपालमा बार्षिक करिब ९ सय जनाको प्राकृतिक विपत्तिकै कारण ज्यान जाने गरेको छ । त्यस्तै यहि वर्षको वैशाख देखि असार २ गतेसम्म मात्र आगलागी, बाढी, पहिरो,चट्ङग जस्ता विभिन्न विपति कै कारण १ सय ४७ जनाको मृत्यु भएको महाशाखाको तथ्याङ्क छ ।

संरचना निर्माण गर्दा ध्यान दिने तथा, तटबन्ध, वृक्षरोपण तथा विपत्तिको पूर्व सूचना दिने प्रविधिको जडान जस्ता कार्यले केहीहदसम्म विपत्त न्यूनिकरण गर्न सकिने विज्ञहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);