नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न टाईम कार्ड लागु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न टाईम कार्ड लागु हुने

muglin sadak

चितवन, ४ असार । नारायणगढ मुग्लिन सडकखण्डमा टाईम कार्ड लागु गरिने भएको छ । सवारी साधनको तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै चितवन प्रशासनले दुर्घटना न्यूनीकरण गर्न टाईम कार्ड लागु गर्न लागेको हो ।

नारायणगढ मुग्लिन सडकखण्डको स्तरोन्नतिसँगै सवारी साधनको तीव्र गतिका कारण दुर्घटान बढेको भन्दै प्रशासनले टाईम कार्ड लागु गर्न लागेको हो । प्रशासनले सडकखण्डको अवलकोन र सरोकारवालासँग छलफल गरेर टाईम कार्ड लागु गर्ने निर्णयमा पुगेको हो ।

सो सडकखण्डमा पहिलो तहको कालोपत्रे सकिएपछि गत जेठ २३ गतेबाट २४ घन्टा नै चल्न थालेको हो । सडक पूर्णरुमा खुलेपछि चालकहरुले सवारी साधन तीव्र गतिमा चलाउने गरेका छन् ।

बर्खा सुरुभएसँगै नारायणगढ मुग्लिन सडकखण्डमा दुर्घटनाको जोखिम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सो सडकमा नियमित मापोसे र गति चेकिङ गरिरहेको छ । राडर गनको माध्यामबाट सवारीको गति चेक गर्ने र तीव्र गतिमा रहेका सवारी साधनलाई कार्बाही गर्ने गरेको छ ।
सो सडकखण्डमा तेस्रो तहको कालोपत्रे यही आर्थिक वर्षभित्र सक्ने गरि काम भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);