राडार गनले चेकजाँच गर्दा ६ महिनामा चार सय बढी सवारी कारवाहीमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

राडार गनले चेकजाँच गर्दा ६ महिनामा चार सय बढी सवारी कारवाहीमा

चितवन, ८ कात्तिक । पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक खण्ड लगायत मुख्य राजमार्गहरुमा चितवन ट्राफिक प्रहरी कार्यालयले राडार प्रयोग मार्फत सवारीको गति नाप्दै कारवाही गर्न थालेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गतको आँपटारी क्षेत्रमा राडार गनले चेकजाँच गर्दा ६ महिनामा मात्रै तीव्र गतिमा सवारी चलाउने चार सय भन्दा बढी सवारी कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार ९३ किलोमिटर रहेको जिल्लाको राजमार्गहरुमा धेरै दुर्घटना हुने गरेको छ । त्यसैले सवारीको गति मापन, मापसे चेकजाँच, सवारी अनुमति पत्र चेकजाँच गर्ने कार्यलाई आफुहरुको जनशक्तिले भ्याएसम्म तीव्रता दिएको हो ।

विगतका वर्षहरुमा चितवनमा धेरैजसो सवारी दुर्घटना हुने गरेको छ । गत वर्ष असोज र कार्तिक महिनामा ५६ वटा सवारी दुर्घटना हुँदा २४ जनाले ज्यान गुमाएका थिए ।

यसवर्ष दुर्घटनालाई कमी ल्याउन ट्राफिक प्रहरीले सक्रियता देखाएको हो । प्रदेश ३ मा काठमाडौं उपत्यका बाहेकका जिल्लामा सबै भन्दा बढी दुर्घटना हुने जिल्ला चितवन रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);