उपत्यकामा ट्राफिक चेकजाँच कडा (फोटो फिचरसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

उपत्यकामा ट्राफिक चेकजाँच कडा (फोटो फिचरसहित)

काठमाडौं । फागुपूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेको छ । यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानी समेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए । 

सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको उनले बताए । सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

ट्राफिक प्रहरीले अहिलेसम्म लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधनलाई होल्डमा राखेको प्रवक्ता शर्माले बताए । 

तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सवारीलाई दिनभर होल्ड गरेर साँझतिर छोडिनेछ । 

गत वर्ष होलीको दिन मात्रै ४७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । यो वर्ष सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको प्रवक्ता शर्माले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);