सवारी कारवाहीबाट सिन्धुलीमा चार महिनामा एक करोड राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सवारी कारवाहीबाट सिन्धुलीमा चार महिनामा एक करोड राजश्व संकलन

सिन्धुली । सवारीसाधन कारवाहीबाट सिन्धुलीमा चार महिनामा एक करोडभन्दा बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चार महिनामा एक करोड १४ लाख १३ हजार राजश्व संकलन गरेको हो ।

गत साउन, भदौ, असोज र कार्तिक महिनामा उक्त रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार ट्राफिक निमय विपरित चलाइएका सवारीसाधनलाई कारवाही गर्दा उक्त रकम संकलन भएको हो । असोज महिनामा सबैभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । असोज महिनामा ट्राफिक नियम विपरित चलेका तीन हजार दुई सय ५० वटा सवारीसाधनमाथि कारवाही भएको तथ्यांक छ । ती सवारीसाधनबाट ३० लाख २५ हजार राजश्व संकलन भएको छ ।

यस्तै, कार्तिकमा दुई हजार नौ सय ५० वटा सवारीसाधन कारवाहीबाट २९ लाख ३० हजार पाँच सय राजश्व संकलन भएको छ । साउन महिनामा दुई हजार पाँच सय ५० सवारीसाधन कारवाहीबाट २६ लाख ९६ हजार राजश्व संकलन भएको छ भने भदौमा दुई हजार नौ सय ५० सवारीसाधन कारवाहीमा पर्दा २७ लाख ६१ हजार पाँच सय राजश्व संकनल भएको प्रमुख क्षेत्रीले जानकारी दिए । चार महिनाको अवधिमा जम्मा ११ हजार सात सय सवारीसाधन कारवाहीमा परेका छन् । 

दुर्घटनमा परी चार महिनामा आठ जनाको मृत्यु
चार महिनामा सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । साउन, भदौ, असोज र कार्तिकमा ६ जना पुरुष दुई जना महिलाको सवारी दुर्घटनामा परी ज्यान गएको छ । सोही अवधिमा ३९ जना गम्भीर गाइते भएका छन् । २३ जना पुरुष, १३ जना महिला, दुई जना बालक र एक बालिका गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै, सोही अवधिमा एक सय २५ जना घाइते भएका छन् । यो अवधिमा जम्मा ८५ वटा सवारी दुर्घटना भएका छन् । 

दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले विभिन्न जनचेतनामूलक कार्यक्रम साथै सवारी चेकजाचमा कडाइ गरेको प्रमुख क्षेत्रीले बताए । उनका अनुसार हाल ट्राफिक प्रहरीको सक्रियताका कारण सवारी दुर्घटना केही हदसम्म नियन्त्रणमा आएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);