निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा कटुवाल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा कटुवाल

इलाम । निर्माण व्यवसायी संघ इलामको  नवौँ अधिवेशनबाट सन्तोष कटुवाल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी डिल्ली खनालाई नौ मतले पराजित गर्दै कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

कटुवालले ९९ मत पाएका छन् भने खनालले ९० मत प्राप्त गरेका छन् । निर्वाचित भएपछि कटुवालले अध्यक्षको रुपमा अघि सारेको एजेण्डालाई कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाए । कटुवालले २०५२ सालदेखि निर्माण  व्यवसाय थालेका हुन् । उनी हाल विष्णु निर्माण सेवाका सञ्चालक हुन् । यसअघि उनी दुई पटक उपाध्यक्ष र एक पटक केन्द्रीय प्रतिनिधि भएका थिए । 

अध्यक्षमा बाहेक पदाधिकारीमा भने सर्वसम्मत चयन भएका छन् । संघको उपाध्यक्षमा निरोज राउत, सचिवमा वीरेन्द्र कार्की, सहसचिवमा दिनेश खड्का र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्वारोध चयन भएका हुन् । संघको कार्यसमिति सदस्यहरूमा नवीनकुमार तामाङ, मञ्जु कार्की, प्रकाशमान कडेरिया, सिजन देवान, सुजन अधिकारी र सूर्य कार्की निर्वाचित भएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);