नेकपा एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्र कटुवाल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपा एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्र कटुवाल

म्याग्दी । नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित भएका छन् । शुक्रबार देखि म्याग्दी सदसमुकाम बेनीमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

रघुगंगा गाउँपालिका २ राखु निबासी नेता कटुवाल एमाले म्याग्दीको यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष थिए । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहेका कटुवाल एमालेको पाका र बौद्धिक नेताका रुपमा परिचित छन् ।

अध्यक्षमा आकांक्षी देखिनु भएका पार्टीका जिल्ला कमिटि सचिव बालकृष्ण सुवेदीले अध्यक्षमा कटुवाललाई नै समर्थन गरेपछि अध्यक्षमा सर्वसम्मत रुपमा कटुवाल चयन भएका हुन् । जिल्ला कमिटिको उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी, उपसिचवमा थपसरा पुन र राजकुमार थापा सर्वसम्मत रुपमा चयन भएका छन् ।

गुट फुट र अराजकताको अन्त्य गरौँ,सवल, सुदृढ र एकतावद्ध पार्टी निर्माण गरौँ भन्ने मूल नारा सहित आयोजित नवौँ जिल्ला अधिवेशनमा शनिबार देखि सुरु भएको बन्द सत्रमा सहमतिबाटै जिल्लाको नेतृत्व चयन गरिएको अध्यक्ष मण्डलका सदस्य नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापाले बताए ।पदाधिकारी सहित अन्य सवै सदस्यहरु पनि सहमतिबाटै चयन गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);