कलाकार संघको अध्यक्षमा मोहन र महासचिवमा सविन निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कलाकार संघको अध्यक्षमा मोहन र महासचिवमा सविन निर्वाचित

काठमाडौं, ५ चैत्र । नेपाली चलचित्र कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । संघको शनिबार भएको १९औं साधारण सभामा भएको मतदानबाट अध्यक्षमा निरौला र महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका हुन् । निरौलाले २ सय ३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा कबिता गेलाल, उपााध्यक्षमा शिवहरी नेपाल बैरागी निर्वाचित भएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल निर्वाचित हुँदा सह–कोषाध्यक्षमा पबित्रा आचार्य निर्बिरोध चयन भएकी छिन् ।

सदस्यहरुमा शितल केसी, गोपाल ढकाल छन्दे, उद्वव भट्टराइ, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई,रन्जना खड्का खुश्बु,सरिता राधोपाध्याय,रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);