वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गुप्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गुप्ता

वीरगञ्ज , २ चैत्र। वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा सुबोधकुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।

आइतवार सम्पन्न संघको ४५औं वार्षिक साधारणसभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्षमा नवनिर्वाचित गुप्ता नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य एवम् नेपाल चामल तेल दाल उद्योग संघको केन्द्रीय अध्यक्ष समेत हुन् । यसैगरी संघको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, उपाध्यक्षमा हरि प्रसाद गौतम निर्वाचित भएका छन्।

महासचिवमा मनोजकुमार दास, उद्योगतर्फ सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फको सचिवमा आशिष लाठ चुनिएका छन् । कोषाध्यक्षमा गोविन्द शाह र सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयल निर्वाचित भएको निर्वाचन अधिकृत रामेश्वर सेढाईंले जानकारी दिए ।

साधारणसभाले उद्योग सहसचिवमा सुशान्त चाचान र वाणिज्यतर्फको सहसचिवमा अनोज रुङ्गटालाई निर्वाचित गरेको छ । यसअघि ३५ जना कार्य समिति सदस्य सर्वसम्मत चयन भएका थिए । उपाध्यक्ष , कोषाध्यक्ष , सह कोषाध्यक्ष र सचिवमा निर्वाचन भएको थियो भने बाँकी सबै पदमा निर्विरोध निर्वाचित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);