गाउँपालिकामा लगाएको ताला १० दिन पछि खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गाउँपालिकामा लगाएको ताला १० दिन पछि खुल्यो

सर्लाही, २ चैत। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा लगाएको ताला दश दिन पछि खुलेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको बैठकबाट गाउँपालिकाको सबै कार्य सुचारु हुने गरी तालाबन्दी खोलिएको हो ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको उपस्थितिमा गाउँपालिकाको कार्यालय यथास्थानमा राख्नुपर्ने माग गर्दै धर्ना बसेका पक्ष र गाउँपालिका अध्यक्ष महेन्द्र महतोबीच सहमति पत्रमा हस्ताक्षर भएपछि विरोध तथा धर्ना स्थगित गरी गाउँपालिकामा लगाइएको ताला खोलिएको हो ।

गाउँपालिका अध्यक्ष महतोका अनुसार आफुले बहुमत सदस्यको निर्णय अनुसार नै अगाडि बढको र बहुमत सदस्यले पारित नभएपछि गाउँपालिका यथा स्थानमा नै हुने बताए ।बहुमत सदस्यले पारित नहुदाँ गाउँपालिका यथास्थानमै भएको बुझी बुझी धर्नामा बस्नुको औचित्य नभएकोले बैठक बसी बन्द कार्यालय खुलाइएको अध्यक्ष महतोको भनाई छ ।

धर्नामा बसेको पक्षधरको उचित माग सम्बोधन भएर सहमति भइसकेकाले आइतबारबाट गाउँपालिकाको सम्पूर्ण कार्य सूचारु भएको अध्यक्ष महतोले बताए । गएको फागुन २१ गते वडा नं. ७ मा रहेको गाउँपालिकाको कार्यालय वडा नं. २ स्थित सार्न खोजेको भन्दै वडा नं. ६ र ७ का स्थानीयले गाउँपालिकामा ताला लगाएका थिए ।

प्रदर्शनकारीहरु गाउँपालिकाको भवन नाढि तालमै राख्नु पर्ने, नाढि तालमै गाउँपालिकाको भवन बनाई शाखाहरु छुट्टा छुट्टै राख्नुपर्ने, विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने, सूचनाको हक सम्बन्धि प्रावधान कार्यान्वयन गर्नुपर्ने लगायतको माग गर्दै धर्नामा बस्दै आएका थिए ।

आइतवार सहमति भएपछि ताला खोलिएको नेपाली काँग्रेसका अर्का नेता सत्यदेव सिंहले बताए । यसैगरी गाउँपालिका सार्ने विषयमा स्थानीयहरु विभाजित समेत बनेका थिए । एकथरी गाउँपालिका यथावत स्थानमा राख्नुपर्ने भन्दै गाउँपालिकामा तालाबन्दी गरेको थियो भने अर्को थरी गाउँपालिका सबैको मध्य भागमा पर्ने गरी कार्यालय राख्नुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो ।

फागुन २६ गते बुधवार वडा नं. १ र २ का स्थानीयहरुले गाउँपालिका सबैलाई पायक पर्ने मध्य बिन्दुमा राख्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका थिए । गाउँपालिका अध्यक्ष महेन्द्र महतोले सबैकोबीच भागमा गाउँपालिका कार्यालय नराखेको भन्दै स्थानीयहरुले गाउँपालिका अध्यक्ष महतो विरुद्ध चर्को नाराबाजी गर्दै टायर बालेर समेत प्रदर्शन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);