जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन : 'घरदैलो' अभियानमा उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन : ‘घरदैलो’ अभियानमा उम्मेदवार

बारा। बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रत्यासीहरूले ‘घरदैलाे’ अभियान सुरू गरेका छन् । यही क्रममा संघकाे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका मनोज गुप्ता नेतृत्वको प्यानलले ‘घरदैलो’ अभियान सुरू गरेको छ ।  उम्मेदवारहरू मत माग्दै व्यावसायीहरूको घरदैलोमा पुग्न थालेपछि जीतपुरसिमरामा चुनावी रौनक बढेको छ। उम्मेदवारहरू नमुना मतपत्रसहित घोषणापत्र लिएर व्यवसायीहरूको घरदैलोमा पुगिरहेका महासचिवका उम्मेदवार अनिल तिवारीले बताए ।संघको अध्यक्षका लागि भने मोहनप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ । संघको विधानमा वरिष्ठ उपाध्यक्षले मात्रै अध्यक्षमा उम्मेदवारी दिन सकिने प्रावधान रहेकाले शर्माको मात्रै उम्मेदवारी परेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका शर्माको एकल उम्मेदवारी परेसँगै संघको अध्यक्षमा उनी निर्वाचित हुने निश्चित छ। अध्यक्ष निर्विरोध भइसकेकाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार मध्ये केहीको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनेको छ। वरिष्ठ उपाध्यक्षका लागि मनोजकुमार गुप्ता, रामचन्द्र पौडेल र ओमप्रकाश गुप्ताको नाम चर्चामा छ । तर, कोषाध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले तीन वटा प्यानल हुने सम्भावना भने कम छ।

तीन वर्षे कार्यकालका लागि ११ असार हुने निर्वाचनमा एक हजार तीन सयभन्दा बढी मतदाता सहभागी हुँदैछन् । २५ जेठमा सम्पन्न संघको दोस्रो अधिवेशन र तेस्रो साधारण सभाबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाअघि बढेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);