चिकित्सकलाई चुनाव लाग्यो, को को छन् उम्मेदवार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

चिकित्सकलाई चुनाव लाग्यो, को को छन् उम्मेदवार ?

काठमाडौं ।   चुनाव सकिएसँगै देशमा प्रधानमन्त्री को बन्ला ?  भन्ने चाँसो बढीरहँदा चिकित्सकहरु चुनावी माहोलमा होमिएका छन् । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि माघमा चुनाव हुँदैछ । त्यसका लागि मंगलबार चिकित्सकहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राणामगरका अनुसार विभिन्न पदका लागि ४१ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनका अनुसार अध्यक्षमा डा.संतोष पौडेल, डा.शिवजीविक्रम सिलवाल र डा.अनिलविक्रम कार्की तथा महासचिवमा डा.सञ्जीव तिवारी,डा.रक्षा श्रेष्ठ र डा.अमृत भुसालको उम्मेदवारी परेको छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, र प्रदेशहरुबाट एकएक जनाको दरले सातजना उपाध्यक्ष,एकजना महासचिव, एकजना कोषाध्यक्ष, एकजना सहसचिव, एकजना सहकोषाध्यक्ष, र ६ जना सदस्यहरु गरी १९ जना पदाधिकारीको निर्वाचन हुँदैछ । साथै संघ परिषद्को सदस्यमा ६० जनाको समेत निर्वाचन हुँदैछ। यसैगरी वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा एकजनाको मात्र उम्मेदवारी परेको छ ।

आगामी माघ ६ र ७ गते उपत्यकाबाहिर र उपत्यकाभित्र माघ १९,२० र २१ गते निर्वाचन हुँदैछ । समय व्यवस्थापनका लागि चिकित्सकलाई उपत्यकाबाहिर २ दिन र उपत्यकाभित्र तीन दिन निर्वाचनको मिति तय भएको अधिकृत राणामगरले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);