यसकारण रुम हिटरबाट आँखाको ज्योति गुम्ने खतरा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

यसकारण रुम हिटरबाट आँखाको ज्योति गुम्ने खतरा

माउण्टेन समाचार, ५ पौष । देशभर चिसो मौसम सुरु भएको छ । देशभर जाडो बढ्दो छ । काठमाडौं उपत्यकामा पनि तापक्रम घट्दो छ ।

पहाडीभेगमा हिउँ परिरहेको छ । जाडो बढेसंगै मानिसहरु बाक्लो लुगा र रुम हिटरको प्रयोग गरिरहेका छन् । विज्ञहरुका अनुसार जाडोमा रुम हिटर बाल्दा राहत मिल्छ । तर, यसले खतरा पनि निम्त्याउँछ ।

हिटरको प्रयोगले असर
डाक्टरहरुका अनुसार हिटरको प्रयोगले बच्चाहरुको स्वास्थ्यमा ज्यादा खतरा हुन्छ । बच्चाहरुको नाकबाट रगत आउने समस्या समेत हुने गर्छ । घरका जेष्ठ सदस्यमा स्किन समस्या हुने गर्दछ ।

अक्सिजनको कमीः बन्द कोठामा हिटर बाल्दा अक्सिजनको कमी हुन्छ । कार्बन मोनोअक्साइडको मात्रा बढी हुन्छ । यसकारण मानिस बेहास हुन सक्छ ।

स्वासप्रश्वासमा छालामा समस्याः अक्सिजनको कमीले गर्दा एलर्जीको समस्या आउन छ । भने हिटरबाट निस्किने तातो हावाका कारण छाला सुख्खा हुन्छ ।

हिटरको नजिक कस्ले बस्न हुँदैन
वृद्ध अवस्था भएका, ब्रोंकाइटिसको समस्या भएका, छालाको समस्या भएका र बालक
जाडोमा प्राकृतिक तरिकाले तातो राख्ने तरिका

घरलाई तातो राख्नको लागि हिटरको मात्र प्रयोग गर्नुपर्छ भन्ने हुँदैन । केही प्राकृतिक तरिकाले पनि घरलाई तातो पार्न सकिन्छ । घरको झ्याल ढोकामा बाक्लो पर्दा हाल्ने, आवश्यक नपरि झ्याल ढोका नखोल्ने ।-एजेन्सीको सहयोगमा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);