जाडो मौसममा मुटु रोगसम्बन्धी जोखिम २० प्रतिशतले बृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जाडो मौसममा मुटु रोगसम्बन्धी जोखिम २० प्रतिशतले बृद्धि

फूलमाया आले

काठमाडौं, १३ पुस । केही दिनयता राजधानी काठमाडौंसहित देशैभर अत्याधिक चिसो बढेको छ । तराईका जिल्लाहरुमा शितलहर चलेको छ । पछिल्लो समय सहरी क्षेत्रमा बसोबास गर्ने मानिसमा हृदयघातको बिरामी बढिरहेको चिकित्सकको भनाई छ ।

गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटु रोगसम्बन्धी जोखिम संसारभरी नै २० प्रतिशतले बढी रहने उनीहरूको भनाइ छ । त्यसमा पनि चिसोले विरामी र वृद्धहरूलाई हृदयाघात हुने संभावना बढी हुने चिकित्सकहरू बताउँछन् । पछिल्लो समयमा ४० वर्ष भन्दा माथिका पुरुषहरुमा हृदयघात वढि हुने गरेको मुटुरोग विशेषज्ञको भनाई छ ।

पछिल्लो समयमा सहरी क्षेत्रमा बसोबास गर्ने मानिसमा मानसिक तनाव बढ्दै जानु, प्रदुषणको मात्रा बढ्दै जानु, शारीरिक अभ्यास कम गर्नु तथा चिल्लो पदार्थको बढी प्रयोगका कारण मुटुरोगीको संख्या बढी हुने गरेको चिकित्सकको भनाई छ ।

चिसोमा धमनीहरु खुम्चने हुँदा रक्तचाप बढ्ने र चिसो जति बढ्छ मुटुले त्यति नै बढी काम गर्नुपर्ने भएका कारण धड्कन र रक्तचाप पनि संगसंगै बढाउँछ जसको कारण हृदयघातको जोखिम बढ्ने गरेको चिकित्सक बताउँछन् ।

त्यस्तै पाको उमेरका मानिसहरु, मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका जस्तै मुटुको अनियमित चाल, उच्च वा न्यून रक्तचाप, बाइपास सर्जरी गरेका वा मुटुको काम गर्ने शैलीमा समस्या भोगेका विरामीहरूले जाडोमा विशेष मुटुको हेरचाह गर्नुपर्ने चिकित्सको सुझाव छ ।

चिसोबाट बच्नका लागि भनेर हिटर र आगो ताप्ने गरिन्छ । बन्द कोठामा हिटर तथा आगो बाल्दा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । यसले मुटुका बिरामीलाई झनै धेरै असर गर्ने चिकित्सकको भनाई छ ।

त्यसैले खानपानमा ध्यान दिनुका साथै न्यानो कपडाहरु लगाउने तथा कोठालाई न्यायो बनाएर राखेमा पनि हृदयघातबाट बच्न सकिने चिकित्सकको सुझाव रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);