अमेरिकामा पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अमेरिकामा पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का संक्रमित बढ्दै गएको छ । सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा पछिल्लो सातामा दिन प्रतिदिन कोभिड–१९ का संक्रमित बढ्दै गएको देखिएको छ ।

अहिले हरेक दिन कम्तीमा पनि एक लाख ५० हजार जना मानिसमा संक्रमण देखिएको छ । यो संख्या हरेक दिन बढेको पछिल्लो हप्ताको सबैभन्दा धेरै हो र यो अघिल्लो हप्ताको तुलनामा करिब पाँच प्रतिशतले बढ्दो छ। गत बुधबारसम्मको तथ्यांक हेर्दा तीन करोड ९४ लाख ८८ हजार जनामा यो संक्रमण देखिएको छ ।

यस्तै यो हप्तामा अस्पताल भर्ना प्रतिशत पनि बढेको छ । यो सातामा मात्र एक हजार ४७ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा ३.७ प्रतिशतले बढी हो। यसरी अमेरिकामा पछिल्लो हप्तामा संक्रमित हुने, अस्पताल भर्ना हुने तथा मृत्यु हुनेको संख्या पनि बढ्दो देखिएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यममा जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);