बेलायतमा पछिल्लो समय कोरोना संक्रमणदर ह्वात्तै बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायतमा पछिल्लो समय कोरोना संक्रमणदर ह्वात्तै बढ्दै

एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोना संक्रमणदर ह्वात्तै बढेको छ ।

पछिल्लो तथ्याँक अनुसार बेलायतमा एकैदिनमा झन्डै ५२ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार २४ घन्टामा ५१ हजार ८७० नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमित संख्या अघिल्लो हप्ताको तुलना करिब ४५ प्रतिशतले बढेको हो । यो संख्या गत जनवरीयताकै उच्च हो यससँगै बेलायतमा संक्रमितको संख्या ५३ लाखबढी पुगेको छ । जारी लकडाउन खुल्ने बेला संक्रमित संख्या उकालो लाग्दै गएको हो ।

इंग्ल्यान्डमा हाल लागू गरिएका लकडाउन सम्बन्धी सम्पूर्ण कानूनी प्रावधानहरु सोमबारबाट अन्त्य गरिने प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरिसक्नु भएको छ । बेलायतमा दुई तिहाइ भन्दा बढी वयस्कहरुले कोरोना विरुद्धको दुवै मात्रा खोप लगाइसकेका छन् भने ८७ दशमलव ६ प्रतिशतले खोपको पहिलो डोज लिएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ८ करोड १७ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);