भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ७९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ५ सय ६० ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म चार लाख १३ हजार ९१ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ४३ हजार ९ सय १६ सहित भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड २ लाख २७ हजार ७ सय ९२ पुगेको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख २४ हजार २५ रहेको छ ।

भारतमा हालसम्म ३९ करोड ९६ लाख ९५ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);