भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ संक्रमित, ८ सय ९५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ संक्रमित, ८ सय ९५ को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ५ सय ६मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा गरिएका १८ लाख ४३ हजार ५ सय कोरोना परीक्षणमध्ये ४१ हजार ५ सय ६मा संक्रमण पुष्टि भएको हो । योसँग भारतमा हालसम्म संक्रमित हुनेको संख्या तीन करोड ८ लाख ३७ हजार २ सय २२ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा आठ सय ९५ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म चार लाख ८ हजार ४० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ४१ हजार ५ सय २६सहित भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ५४ हजार १ सय १८ रहेको छ । भारतमा हालसम्म ३७ करोड ६० लाख ३१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);