काठमाडौँ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ विधेयकका दफाहरूमा संशोधनकर्ता सहित दफावार छलफल हुनेछ । त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा हुनेछ ।




