भारतमा वर्षा सँगै आएको बाढी, पहिरो र चट्याङ्गमा परेर १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतमा वर्षा सँगै आएको बाढी, पहिरो र चट्याङ्गमा परेर १० जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको मृत्यु भएको छ ।

उत्तराखण्डको बागेश्वर जिल्लामा भारी वर्षा पछि पहिरो जाँदा एउटा घर भत्किएको हो । घर भत्किँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

यस्तै, राजस्थानको कोटा जिल्लामा चट्याङ्ग लागेर चार जनाको ज्यान गएको छ । यस्तै, धौलपुरमा पनि चट्याङ्ग लाग्दा तीन जना बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका केही ठाउँमा केही दिनयता लगातारजसो मेघगर्जनसहित पानी परिरहेको छ ।

विभिन्न प्रान्तमा आएको भारी वर्षा सँगैको बाढि र पहिरोले हजारौं घरमा क्षति पुर्याउनुका साथैसाथै लाखौं विस्थपित भएको उनीहरुको उद्दार तथा राहतको काम भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);