बाढी-पहिरो र डुवानमा परेर अहीलेसम्म ९० को मृत्यु, २९ बेपत्ता, ४१ घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाढी-पहिरो र डुवानमा परेर अहीलेसम्म ९० को मृत्यु, २९ बेपत्ता, ४१ घाईते

badi padit

काठमाडौं, २ साउन । केही दिन अघि अबिरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरो र डुवानका कारण २९ जना हराइरहेका र ४१ जना घाइते भएका छन् । त्यसैगरी झण्डै १२ हजार घर धुरी विस्थापित भएका छन् । विपदमा सबैभन्दा बढी रौतहटमा १० जनाले ज्यान गुमाएका छन् ।

ललितपुर र सिराहामा ६/६ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा ५/५ जनाले ज्यान गुमाएका छन् । ओखलढुंगा, महोत्तरी र डोल्पामा ४/४ तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा ३/३ जनाको मृत्यु भएको छ ।

यस्तै सुनसरी, बारा, धादिङ र दाङमा २/२ जना, इलाम, पाँचथर, संखुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा १/१ जनाको मृत्यु भएको जनाइएको छ । बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा ७, इलाम, मोरङ र सिन्धुलीमा ३/३ जना छन् ।

अहिलेसम्म सर्लाहीमा दुई हजार ४सय रौतहटमा एक हजार १सय १०, बारामा एक हजार ६सय ६५, पर्सामा १सय २०, सिराहामा ५सय मोरङमा एक हजार ५सय ३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएका जनाइएको छ । मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);