प्राकृतिक विपद्‍मा परी साढे पाँच महिनामा २४४ को मृत्यु, एक अर्बको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्राकृतिक विपद्‍मा परी साढे पाँच महिनामा २४४ को मृत्यु, एक अर्बको क्षति

काठमाडौं । बाढीपहिरोजस्ता प्राकृतिक विपद्‍मा परी पछिल्लो साढे पाँच महिनामा २४४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार १ वैशाखदेखि १६ असोजसम्म बाढीपहिरो, अविरल वर्षा, चट्याङ, सर्पदंश, आगलागी, डढेलो, हावाहुरी र वन्यजन्तु आक्रमणका १ हजार ८७७ घटना भएका छन् ।

ती घटनामा २४४ को मृत्यु हुँदा ४१ जना बेपत्ता भएका छन् । ५१९ जना घाइते भएको र २ हजार ४२० परिवार प्रभावित भएको प्राधिकरणको तथ्यांक छ । सबैभन्दा बढी पहिराेका २६५ घटना भएका छन्, जसमा ८० जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता भएका छन् ।

बाढीका १२२ घटना हुुँदा ४० जनाको ज्यान गएको छ, ३२ जना बेपत्ता भएक छन् । यो अवधिमा १७१ स्थानमा चट्याङ खस्दा ४८ जनाले ज्यान गुमाएका छन्, १५४ जना घाइते भएका छन् । साढे पाँच महिनामा प्राकृतिक विपद्का घटनामा १ अर्ब २ करोड ५० लाखको क्षति आँकलन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);