तीन महिनामा चट्याङ लागेर ५२ जनाले गुमाए ज्यान  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन महिनामा चट्याङ लागेर ५२ जनाले गुमाए ज्यान 

काठमाडौं । पछिल्लो तीन महिनामा चट्याङ लागेर देशभर ५२ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्म तीन महिनाको अवधिमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार सो अवधिमा देशभर १४८ वटा चट्याङका घटनामा परी १२३ जना घाइते भएका छन् । चट्याङबाट २०९ परिवार प्रभावित भएको छ ।

चट्याङले १० घरमा आंशिक र ४ घरमा पूर्ण क्षति गरेको छ । चट्याङ लागेर ४२४ वटा चौपाया मरेका छन् । पछिल्लो तीन महिनामा चट्याङले २५ लाख ४२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चट्याङ लागेर ३३ जिल्लामा यो अवधिमा मानिसको मृत्यु भएको छ ।

केन्द्रको तथ्याङक अनुसार चट्याङ लागेर सबैभन्दा बढी बागलुङ, मकवानपुर र प्युठानमा मृत्यु भएको छ । बागलुङमा ५, मकवानपुरमा ३ र प्युठानमा ३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । गत वर्ष (२०७८ साल) चट्याङ लागेर देशभर ५६ जनाको मृत्यु र १७९ जना घाइते भएका थिए । गत वर्ष चट्याङका घटनाले २ करोड १५ लाख ८१ हजार ८३० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);