कुश्मा । पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको शनिबार दिउँसो करेण्ट लागेर ज्यान गएको हो । गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए । मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए ।
पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु
ताजा समाचार
ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
१३ घन्टा अघि
चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
१४ घन्टा अघि




