बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

बारा । बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ बर्षीय रामबाबु साह र पछाडी सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ बर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए ।

घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैया उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल विरगन्ज पठाइएको छ । दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–०२०प ४१७२ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रीत भएर पल्टिएको प्रहरी चौकी बरियारपुर बाराले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);