सवारी दुर्घटनामा दुई जनाको मृत्यु    | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु   

काठमाडौं । कैलाली र बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा से.६ प ८०२८ नम्बरको मोटरसाइकल गाईलाई  ठक्कर दिई बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ५५ वर्षीय निर्मल हमाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाराको कलैया उपमहानगरपालिका–२० पसहा खोलामा बीआर ०५ एएम ११६५ नम्बरको स्कटुर बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक देवताल गाउँपालिका–२ बस्ने ६० वर्षीय रामअच्छे साह तेली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);