बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु, १० जना घाइते (नामसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु, १० जना घाइते (नामसहित)

Chatyang

बारा, १८ असार । बारामा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ । बिहीबार बिहानैदेखि वर्षासँगै परेको चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा गरी ४ जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाई गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेका छन् । त्यसैगरी फेटा गाँउमा एउटा घरमा चटाङ लग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको पनि मृत्यु भएको छ ।

चट्याङ लागेर फेटामा अन्य १० जना घाइते भएका छन् । घाइते हुनेमा फेटा-१ बस्ने ५५ वर्षीया बचनदेवी हजार, ६० वर्षीया राजपतिदेवी, ३५ वर्षीया श्रीकान्ति देवी, ६० वर्षीया उमदेवी ठाकुर, २५ वर्षीया लिलावती देवी, ३५ वर्षीया सोसिता देवी र ६० वर्षीया तिलाकी धोबी रहेका छन् । त्यस्तै कलैया-१० निलकण्ठ बस्ने १२ वर्षीय रंजित कु. कुशवाहा, कलैया-१२ सितलपुरकी ५० रहेका मरियम खातुन र सुवर्ण गाउँपालिका- १ की ३५ रहेका सीमा देवी मुखिया रहेका छन् ।

घाइतेहरुलाई अस्पताल लगिएको र मृतकहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रवक्ता गाैतम मिश्रले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);