चट्याङ लागेर दुई जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

चट्याङ लागेर दुई जनाको मृत्यु 

chattang

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधबार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता देवी यादव र सोही गाउँपालिका–६ बस्ने ६० वर्षीय उदित चन्द्र यादव छन् । उनीहरुको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रिता देवीले भैंसीलाई पानी खुवाउने क्रममा र उदित चन्द्रले आफ्नै घरबाट करिव एक किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);